Logo

शेयर बजार

नारायणी डेभलपमेण्ट बैंकको सेयर दर्ता पुस्तिका आगामि ८ देखि १६ गतेसम्म बन्द यस्तो छ कारण 



नारायणी डेभलपमेण्ट बैंकको शेयरधनीदर्ता पुस्तिका असोज ८ गतेदेखि १६ गतेसम्म बन्द रहने भएको छ । १८औं वार्षिक साधारण सभा असोज १६ गते स्टार ब्याङक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे हुने भएको हुँदा साधारण सभा प्रयोजनको लागि बुक क्लोज हुने भएको हो । 

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले चुक्तापूँजी वृद्धि गर्नको लागि सत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने पनि जानकारी गराएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘ख’ वर्गको जिल्ला स्तरीय बैंकलाई न्यूनतम पूँजी रू. ५० करोड पर्ने भएकाले कम्पनीको अधिकृत जारी र चुक्ता पूँजी वृद्धि गर्ने र सोही अनुसार प्रवन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव रहेको छ । 

साथै यस नारायणी डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसँग सम्बन्धी आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने रहेको छ । 

असोज ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर जारी गरेपछि पूँजी रू. १३ करोड १२ लाख पुग्नेछ । यस बैंक समस्याग्रस्त बैंकको सूचीबाट साउन ८ गते फुकुवा भएको हो । 

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार