काठमाडौं । सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी छन् ।




















प्रतिक्रिया