Logo

स्वास्थ्य

कोरोना खोप वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता



पछिल्लाे समय विभिन्न देशहरूले काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेकाे र तिनकाे सफलता ९० प्रतिशत माथि रहेकाे बताइएकाे छ । केही महिनाभित्रै खाेपहरू पूर्ण स्वीकृति पाएर बजारमा अाउनसक्ने देखिन्छ । तर यही बेला खाेप वितरणमा विभेद हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  चिन्ता व्यक्त गरेकाे छ  ।

डब्लुएचओका प्रमुख डा. टेड्राेस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसाे नहुने हाे कि भन्ने चिन्ता रहेकाे बताउनुभयाे । उहाँले संसारभर काेराेना प्रभावित नागरिकलाई सहज रुपमा खोप पुर्‍याउन करोडौं डलरको साझा कोष आवश्यक रहेको बताउँदै ठूला र सम्पन्न देशले साना मुलुकलाइ विभेद गर्न नहुने धारणा राख्नुभएकाे छ । साथै खोपको सफलता नजिकै रहेकाे र अब यसकाे वितरणका लागि सबै देश तयारीमा जुट्नु जरूरी रहेकाे उहाँकाे धारणा छ ।

डा टेड्रोसले  काेराेनाविरूद्धका भ्याक्सीनको परीक्षणले ल्याउने सकारात्मक नतिजाको प्रतीक्षामा आफूहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकाकाे अक्सफाेर्ड विश्वविद्यालयले बनाइरहेका खाेपकाे प्रभावकारिता बढी देखिएकाे छ । खोपको प्रभावकारीताका बारेमा अझै थप अनुसन्धान जारी रहेको उहाँकाे भनाइ छ ।

विगतदेखि नै डब्लुएचओले कोरोना महमामारी नियन्त्रणका लागि विश्वका देशहरूबीच सामुहिक एकता र सहकार्य हुनुपर्नेमा जाेड दिँदै  आएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ८ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।