Logo

प्रमुख समाचार

‘निम्सदाइ’ लगायतको शव क्याम्प–१ ल्याइँदै



काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ ।

घटनास्थलमा खटिएको उद्धार टोली (ग्राउन्ड टिम)ले हालको स्थानबाट क्याम्प–१ सम्म शव ल्याउँदै छ ।

पुर्जाका व्यापारिक साझेदार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा स्वयं अनुभवी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले आजको ग्राउन्ड टिम अपडेटअनुसार टोली हालको स्थानबाट क्याम्प–१ सम्म शव ल्याउने योजनामा छ र त्यसपछि भोलि टोलीलाई जापानी क्याम्पसम्म पुर्‍याइने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाटै हेलिकप्टरको सहायताले तल ओसार्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

मिङ्मा डेभिड हाल स्वयं पाकिस्तान पुगेर उद्धार समन्वयमा संलग्न रहेका छन् ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए ।

ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीहरू पुरबहादुर गुरुङ (युक्त), निर्मल पुर्जा (निम्सदाइ), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १२:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।