Logo

खेलकुद

आगाेलागीमा परी ब्राजिलका १० फुटबल खेलाडीको मृत्यु



ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल ‘क्लब फ्लामेङ्गो’ फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय सञ्चार माध्यमले जनाएकाे छ । रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षण स्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।