काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने बिहान ४ देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन हुनेछ।
यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामाबगर–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु राजमार्ग, ललितपुरको कान्तिलोकपथ, ताप्लेजुङको मेची राजमार्ग र लमजुङको बेँसीसहर–मनाङ सडक पहिरो, सडक कटान र हिलोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा भने खिम्ती ग्रामीण विद्युत् सहकारीको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




















प्रतिक्रिया