Logo

प्रमुख समाचार

सुनसरी र सिरहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारको निर्णय



काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

गत साउन १० गते सुनसरीमा भएको घटनापछि सुनसरीमा ३ र सिराहामा एक जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १३:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।