Logo

अर्थ

नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको उक्त आयोजनाका लागि साउन २० गते दुई संस्थाबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार आयोजनाको कुल लागतमा कर्जा र स्वपूँजी अनुपात ७०:३० कायम रहने गरी वित्तीय सुविधा प्रदान गरिने भएको छ। सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडको तर्फबाट सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले वित्तीय व्यवस्थापनको अवसर दिएकोमा चितवन इनर्जीलाई धन्यवाद दिँदै आयोजनाको सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै, चितवन इनर्जीका सञ्चालक निउरेले बैंकको सहकार्यप्रति आभार प्रकट गर्दै जलविद्युत आयोजना तोकिएकै समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार १४:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।