रूपन्देही । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।
सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार ६५ वर्षीय सिंह अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे तीन बजेतिर उनले आफू निकटका केही व्यक्तिहरुलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत् जानकारी दिएका थिए ।
त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । दुई दिनदेखि खोजिरहेको जंगलमा आज मृत अवस्थामा फेला परेका हुन् ।





















प्रतिक्रिया