Logo

प्रमुख समाचार

‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न ढकालको प्रस्ताव



काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि मुलुकका विभिन्न स्थान र विमानस्थलका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम र त्यससँग जोडिएको प्रशासनिक संस्कारमा अपेक्षित परिवर्तन आउन नसकेको टिप्पणी गरे।

नेपालमा सिंह नै नपाइने अवस्थामा ‘सिंहदरबार’ नामको निरन्तरतामाथि प्रश्न उठाउँदै उनले आवश्यक परे यसको नाम परिवर्तन गर्न सकिने धारणा राखे। उनले ‘अनामनगर दरबार’ नाम प्रस्ताव गर्दै नाम परिवर्तनलाई राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताए।

तर ढकालको जोड केवल नाम परिवर्तनमा भने थिएन। उनले सिंहदरबारको ‘हाउभाउ, भावभङ्गी र भाषा’मै पुरानो प्रशासनिक मानसिकता झल्किने भन्दै त्यसलाई बदल्नुपर्ने बताए।

‘हामीसँग सिंह छैन, त्यसको नाम सिंहदरबार नै छ। त्यसको केही हाउभाउ, भावभङ्गी र भाषा जस्तै छ, त्यो चिर्नुपर्नेछ,’ उनले भने।

ढकालले प्रशासनिक सुधारको बहसलाई सिंहदरबारको नाम परिवर्तनभन्दा व्यापक विषयका रूपमा प्रस्तुत गरे। उनका अनुसार मुलुकको शासन सञ्चालन हुने प्रमुख केन्द्रमै पुरानो सोच, व्यवहार र कार्यशैली कायम रहेसम्म परिवर्तनको वास्तविक अनुभूति नागरिकसम्म पुग्न कठिन हुन्छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार १५:१८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।