Logo

राजनीति

कता मिलाउने प्रचण्ड की कांग्रेस ? प्रधानमन्त्री तनावमा !



सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली यतिबेला निकै तनावमा परेकाछन् । सत्ता पक्ष विरुद्ध नेपाली कांग्रेस संसदमा कड्किरहेबका बेला ओलीलाई सकस परेको छ ।

प्रधानमन्त्री ओलीलाई कांग्रेसलाई चिसो पार्ने की प्रचण्डलाई ? फेरि पार्टी भित्र माधव नेपाल ,झलनाथ खनाल र वामदेव गौतमनै विच्किएको समयमा प्रचण्डका कारण झन सकस बढेको हो ।प्रमुख विपक्षी दल कांग्रेसले संसद र सडक तताई रहेको समयमा प्रचण्ड मिलाउने की कांग्रेस ? प्रधानमन्त्री ओली सकसमा परेका हुन् ।

भेनेजुएला प्रकरणलाई लिएर दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएको भनिएपनि खासमा प्रचण्ड ओलीसँग रिसाउनुको मुख्य कारण सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको भन्ने नै हो स्रोत भन्छ ।पछिल्लो समय नियुक्ती, सरुवा तथा बढुवामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुनै सरसल्लाह नै नगरेको नेकपानिकट उच्च स्रोतको दाबी छ ।

सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि जनतामा आशा बढाउन नसकेकोले ओलीसँग प्रचण्ड विच्किएकाहुन स्रोत थप्छ ।उनले यसअघि पनि भेटेरै ओलीलाई सचेत गराएका थिए । तर, ओलीले प्रचण्डको कुरालाई झाराटारै झै गरिदिएकाछन् ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।