विगत लामो समय देखि सांगीतिक क्षेत्रमा काम गर्दै आएका गाएक, रचनाकार तथा मोडल विर बिस्वासले नयाँ गीत ‘ब्यांग ब्यांग’ बजारमा ल्याएका छन् ।यो भन्दा पहिले पनि धेरै चर्चितगीत बजारमा ल्याई सकेका बिस्वासले यो गीतले पनि बजारमा राम्रै चर्चा पाएको बताएका छन् ।
गीतमा गायक वीर बिस्वाशकै आफ्नै लयशब्द, संगीत र -याप रहेको छ भने गायिका कृपा पौडेलले स्वरमा साथ दिएकी छिन् ।यस्तै गीतमा केशब बडुको एरेन्ज रहेको छ ।
प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । बिक्रम चौहानको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा सागर सुनार र शान्ति ओडले अभिनय गरेका छन् ।
प्रतिक्रिया