Logo

प्रमुख समाचार

लुम्बिनी सरकारलाई निरन्तरता दिन ओली र प्रचण्डले गरे मोहन विक्रमसँग सहमति



काठमाडाैं । लुम्बिनीमा अहिलेकै सरकारलाई निरन्तरता दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (मसाल)सँग सहमति गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच आज २ बुँदे सहमति भएको हो ।

राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनकाविरुद्ध आन्दोलनमा सहकार्य गर्ने पनि सहमति छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १५:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।