Logo

प्रमुख समाचार

यी हुन् कार्यकर्तासँग डराउने कांग्रेसका केन्द्रीय सदस्यहरू



प्रमुख विपक्षी दल नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू गाउँ कमिटीको बुथबाट महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान राख्नबाट हिच्किचाएका छन् ।कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने सदस्यहरूले केन्द्रीय सदस्यहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था राख्न दवाव दिइरहेका छन् ।

कांग्रेसको महासमिति बैठकले केन्द्रीय सदस्यहरूलाई पनि गाउँ बुथबाट आउनुपर्ने प्रस्ताव गरेको थियो । केन्द्रीय नेताहरूले त्यो सुझावलाई मन पराएका छैनन् ।अरू महाधिवेशन प्रतिनिधिजस्तै केन्द्रीय सदस्य पनि निर्वाचित भएर आउने कि स्वतः हुने भन्नेमा विवाद देखिएको छ ।

संस्थापन पक्षका अधिकांश नेता केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउनुपर्छ भन्नेमा छन् ।नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले केन्द्रीय सदस्यलाई असीमित अधिकार दिन नहुनेमा लबिङ गरिरहेका छन् ।

शंकर भण्डारी, मीन विश्वकर्मा, चीनकाजी श्रेष्ठ, हरि नेपालले केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुन दिनुपर्ने माग गरेका छन् ।अर्जुननरसिंह केसी, प्रदीप पौडेल, डा.मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र दिलेन्द्रप्रसाद बडूले केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएर आउनुपर्नेमा माग गरेका छन् ।

रिजाल, पौडेल र केसीले पार्टीको संरचना नबनेका ठाउँमा संरचना बनाएर पार्टीलाई सक्रिय बनाउनुपर्ने, केन्द्रदेखि प्रदेश, स्थानीय तह वडासम्म प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउने गरी सांगठनिक संरचना बनाउने र पार्टीलाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।