Logo

प्रमुख समाचार

पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको छापा



काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ।

उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट बुधबार पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार राति १ बजे उनको घरमा खानतलासी गरिएको थियो।

खानतलासीको क्रममा प्रहरीले घरबाट ल्यापटप र मोबाइल नियन्त्रणमा लिएको छ। बिहीबार बिहान भने ललितपुरकै झम्सीखेलस्थित ठाडोढुंगामा रहेको श्रेष्ठको जनआस्था साप्ताहिकको कार्यालयमा पनि खानतलासी गरिएको छ।

अहिले प्रहरीको टोली उनकै कार्यालयमा छ। हाल उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराउने तयारी छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार ०८:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।