Logo

प्रमुख समाचार

प्रहरी प्रदेश सरकारले नै चलाउँछ : गृहमन्त्री थापा



नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले देश टुक्र्याउन चाहने विखण्डनकारीहरु सल्बलाइरहेको बताएका छन् । गृहमन्त्री थापाले प्रहरीको परिचालन प्रदेश सरकारले नै गर्ने र सीडीओले त्यसको समन्यवय गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको सोमबार संसदमा जवाफ दिँदै मन्त्री थापाले भने, ‘विखण्डनकारीहरु सल्बलाइरहेका छन् । स्वायत्तताका नाममा देश टुक्र्याउन चाहनेहरु देखापरिरहेका छन् ।’

नेपालको सीमाना खुला रहेको र स्वायत्तताका नाममा पृथकतावाद देखा परेको भन्दै मन्त्री थापाले कानुन बनाउँदा ख्याल गर्नुपर्ने र त्यहीअनुसार प्रहरी विधेयक आएको बताए ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ५ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।