‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को बुधबार एक कार्यक्रमकाबीच घोषणा गरिएको छ ।नागरिकलाई कम्तिमा एक सय दिन रोजगार दिने सरकारको प्रतिबद्धता रहेको छ । कडा प्रकृतिको मापदण्डकाबीच सरकारले बेरोजगारलाई भत्ता प्रदान गर्ने पनि जनाएको छ ।
नेपालमा हाल बेरोजगारहरुको एकिन तथ्याङ्क नभएकाले शुरुमा बेरोजगारको कुल तथ्याङ्क संकलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
त्यसका लागि सरकारले प्रत्यक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने जनाएको छ । जहाँ एक जना रोजगार संयोजक रहने छ । बेरोजगार व्यक्तिको दर्ता कार्य भने चैत्र १ गते देखि शुरु गर्ने सरकारको लक्ष्य छ ।
प्रतिक्रिया