काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थिए ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा दुई देशबीचको पारस्परिक सहयोग, सुरक्षा सहकार्य तथा आगामी दिनमा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
साेमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथिको दर्जा प्रदान गरेका थिए ।
















प्रतिक्रिया