Logo

अर्थ

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १३ लाख ५६ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीको संस्थापक समूहको १३ लाख ५६ हजार हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यो शेयरमा यसअघि बैशाख १५ गते ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

सर्वसाधारणले सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।