Logo

शेयर बजार

अर्थतन्त्रको सूचक मानिने सेयर बजार घाटामा, लगानि कर्ताले गुमाए साँढे दुई खर्ब



प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोहण गरेको एक वर्ष पुग्दा शेयर बजार भने तीन वर्ष पछाडि पुगेकाे छ । ओली प्रधानमन्त्री भएको एकवर्षको अवधिमा नेप्से ३ सय १२ अंकले घटेर १११२.८७ विन्दुमा आइपुगेको हाे । एकवर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छाेड्दा नेप्से १४२४.९५ बिन्दुमा थियो ।

ओली सरकारले एक वर्ष पुगेकाे अवसरमा जहाजको कार्यलय खोल्ने देखि जनताको जलविद्युत आयोजना कार्यक्रमसमेत घोषणा गरेर प्रधानमन्त्री ओलीले देश विकासको आधार तयार भएको बताइरहदाँ मुलुकको अर्थतन्त्रको सूचक मानिने सेयर बजारको सूचक भने साढे तीन वर्ष अघिको अवस्थामा फर्किएको छ ।

साताको अन्तिम दिन बिहिबार घटेर नेप्से सूचक २०७२ साउन ३१ मा कायम भएको १११२.०५ विन्दुमा आइपुगेको छ । उक्त समय र अहिलेको समय भने फरक छ । उक्त समयमा बजार बढ्दै उक्लिएर १११२.०५ बिन्दूमा पुगेको थियो भने अहिले घट्ने क्रममा बजार १११२.८७ विन्दुमा ओरालो लागेको हो ।

गत वर्षको पुसबाट अहिलेसम्म आइपुग्दा २ सय २ अंकले झरेको छ । जसका कारण लगानीकर्ताले साँढे २ खर्ब रुपैयाँ समेत गुमाएका छन् । साँढे तीन वर्ष अगाडी झन्डै २१ खर्ब रुपैयाँसम्म पुगेको थियो । सोझै हिसाव गर्दा यो अवधिमा ७ खर्ब रुपैयाँ भन्दा धेरैले नोक्सानी लगानीकर्ताहरुले व्यहोर्नु परेको देखिन्छ ।

विगत एक महिनामा सेयर बजार ८३ अंकले झरेको छ । २०७३ सालको साउन १२ गते नेप्से १८८० उच्चतम विन्दुमा पुगेको थियो । नेपाल राष्ट्रबैंकले दिएको तथ्यांक अनुसार २०७४ मंसिर मसान्तमा १५२०.२ विन्दु रहेको नेप्से सूचकमा २४.४ प्रतिशतले घटेर २०७५ मंसिर मसान्तमा ११४८.८ विन्दुमा सीमित भएको थियो । २०७५ असार मसान्तमा भने उक्त सूचक १२१२.४ विन्दु रहेको थियो ।

तीवर्ष देखि घटिरहेको सेयर सरकार गठन एक वर्ष पुरा हुदाँ १११२.८७ मा आइपुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्ममा गतवर्षको तुलनामा कुल सेयर बजारको कुल मूल्यमा १४.१ प्रतिशत घटेर १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ३ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।