Logo

समाचार

ठूलो परिमाणमा सालको काठ तस्करी गने दुई जना प्रहरीको फन्दामा



चितवनमा ठूलो परिमाणमा सालको काठ तस्करी गने दुई जना प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी समलगनद रहेका छन् ।

उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित समातिएकाे हो । बजारकाे मूल्य अनुरुप उक्त काठ करिब साँँढे चारलाखको मापन गरिएको छ ।

काठ तस्करमा प्रयोग भएको ना. ४. च. ७९४३ र ना. ४. च. ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका दुवै जना तस्करीमा प्रयोग भएको गाडीका चालक भएको पौडेलकाे भनाई छ।

विशेष सूचनाका आधारमा हरिपुर सव डिभिजन वन कार्यालय र रानीखोला सामुदायीक बन कार्यालयको गस्ती टोलीले उक्त काठ लानेलाईलाई समाएकाे हाे । बरामद वा समातिएकाे काठ सहित पक्राउ परेका व्यक्ति र गाडीलाई डिभिजन वन कार्यालय भरतपुरमा राखिएको छ । तस्करमा संँलग्न अन्यको खोजी भइरहेको जनाएको छ पक्राउ परेकाहरुलाइ वन ऐन २०४९ अन्तर्गत कारवाही गरिने उक्त वन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ३ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।