Logo

प्रमुख समाचार

आशा गरिएका मुख्यमन्त्री शंकर पोखरेल, एक वर्षमा हात लाग्यो शुन्य



प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको बिकास अब दोब्बर गतिमा बृद्वि हुने बताएका छन् । उनले प्रदेश शुन्य संरचनामा स्थापना भएको बताउँदै १ वर्ष सम्म धेरै कामहरु भएकोले अब सरकारको कामको गति दोब्बर हुने बताएका हुन् ।

प्रदेश सरकार स्थापना भएको एक वर्ष पुरा भएको अवस्थामा प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको बताए ।

संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा प्रदेश ५ सरकार र संघीय सरकारबीच कुनै दुरी नरहेको बरु सहकार्य र सुमधुर सम्बन्ध रहेको उनले बताए ।

केन्द्र सरकारबाट साझा सूचीका कानुन निर्माण र संविधानसंग बाझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको उनले स्वीकार गरे ।प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिहीनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायतका नौला कार्यक्रम कार्यान्वयनमा आएको मुख्यमन्त्री पाखरेलको दावी छ ।

प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताए । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवर्द्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकिएको उनले बताए ।

लगानी भित्र्याउन मिनी लगानी सम्मेलन गर्ने तयारीमा रहेको बताउंदै उनले प्रदेशको विकास र समृद्धिमा सबैको साथको अपेक्षा गरे । प्रदेश ५ सरकारको स्थापना दिवसको अवसरमा फागुन ३ गतेलाई सार्वजनिक बिदा समेत दिईएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ४ : ४४ बजे