कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार नै संसदमा पेश भएको उक्त विधेयक बहुमतले पारित भएको हो ।कर्मचारी समायोजन अध्यादेशका केही व्यवस्थालाई उक्त विधेयकले परिमार्जन गर्नेछ ।
विधेयकले तल्लो तहका सरकारलाई जवाफदेही बनाउने छ । विधेयकमा खटाइएका कर्मचारी पूर्ण रुपमा प्रदेश सरकार र स्थानीय सरकारप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
यस्तै समायोजन भएरका कर्मचारीहरु केन्द्रमा फर्किन भने नपाउने भएका छन् । उनीहरु प्रदेश र स्थानीय सरकारको मातहतमा रहने छन् । संघमा फर्किने बाटो भने उक्त विधेयकले बन्द गरिदिएको छ ।विधेयकले संसदसेवाका कर्मचारीहरु पनि स्थानीय तहमा जान पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया