Logo

प्रमुख समाचार

१५ लाख भूमीहीनले छिट्टै लालपुर्जा पाउने : मन्त्रीअर्याल



भूमि व्यस्था तथा सहकारी मन्त्री पद्यमा अर्यालयले भूमिहीनले छिट्टै लालपुर्जा पाउने बताएकी छिन् । मन्त्री अर्यालले कपिलबस्तुको इमिलियामा दोस्रो बुद्धभूमी कृषि व्यापारीक सास्कृति कपर्यटन तथा औद्योगिकप्र दर्शनी २०७५ को उदघाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

मन्त्रीअर्यालले कपिलवस्तु सहित नेपालका करिब १५ लाख जनताले पूर्जा नपाएको बताउदै सबैको अब सबैले लालपुर्जा पाउने बताइन् । सबै जिल्लाको समस्या समाधानका लागि भूमि व्यवस्थामन्त्री पद्माअर्यालले नापीविभागसँग विवरण माग गरेको बताइन्। मन्त्रीअर्यालले मन्त्रिपरिषदको निर्णयपछि सम्बन्धित जिल्लाका नापीकार्यालयहरु मार्फत व्यक्तिले परापूर्व कालदेखि हकभोग गरिरहेका जग्गा उनीहरुको नाममा गर्ने प्रक्रिया शुरु भएको समेत बताइन्।

सवै प्रदेशकाविभिन्नजिल्लामाअव्यावस्थिबसोवार रहेकोले व्यवस्थित बनाउन सरकाले सुरु गरेको बताइन् । भूमी व्यवस्थापनमा हाल सम्म जे जस्ता समस्या रहेको भएपनि अब समस्या नरहनेमा जोड दिइन् । नेपाल सरकारले पहिलो पटक भू- उपयोग निति अवलम्वन गरेको बताइन्।

जनताको अपक्षेलाई सम्वोधनगर्नको लागि सरकारले सुखी नेपाली समृद्ध नेपालनारा लिएर अघि वढेको जनाइन । कामगर्नेहरु दिन प्रतिदिन गरिब बन्दै जाने र कामनगर्नेहरु धनी हुँदै जाने परिपार्टीले देशमा समस्या सिर्जना भएको तर्क गरिन् । संविधानले ३ तहका सरकार निमार्ण गर्ने परिकल्पना गरे अनुसार जनताको इच्छा अनुसार नेतृत्वमा पुगेका जनप्रतिनिधिहरुले समृद्धको नारामा टेकेर काम गर्नुपर्ने बताइन्।

देशलाई कृषिमाआत्मनिर्भर बनाउने उद्देश्यले कुनै पनिजग्गा अब बाँझो नरहने वताइन् । अब खेतियोग्य जमिन बाँझो रहदैन मन्त्रीअर्यालले भनिन् वेरोगारको सख्या खट्ने छ । अहिले बाँझो रहेका जग्गा बाट प्रत्येक महिना पैसा आउने छ । प्रदेश नं ५ एक एतिहासिक प्रदेश रहेकोले पर्यटकको गन्तव्य र शान्तीका अग्रदुत गौतम वुद्धको जन्मस्थलले देशकै शिर उच्चबनाएको वताइन् ।

कृषि उद्यम व्यापार पर्यटन संस्कृति र स्वरोजगार आत्मनिर्भर सिपयुक्त सवल र समृद्ध नगर भन्ने नारा साथ दोस्रो वुद्धभुमी कृषि व्यापारिक सास्कृतिक पर्यटन तथा औद्योगिक प्रर्दशनी शुक्रवार देखी सुरु भएको छ ।

युथएलाइन्स फर चेन्जनामक सस्थाको आयोजनामा हुने महोत्सवले स्थानिय स्तरमा उत्पादीत सामाग्रीको प्रचार प्रसार गर्ने उद्देश्यले उक्तमहोत्सव आयोजना गरिएको संयोजक अनिलअधिकारीले वताए । महोत्सवमा १ सय ५० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवमा मुख्यआर्कषकको रुपमा दोस्रो डान्स आइडल र सेल्फीखिच्नको लागि अशोक स्तम्भ निमार्ण गरिने वताइएको छ । महोत्सव फाुगन १२ गते सम्म चल्ने छ ।महोत्सव उद्धघाटन समारोहमा प्रदेश सभा सदस्य दिर्घनाराण पाण्डे, अर्जुन केसी लगाएतले सफलताको शुभकामना दिएकाथिए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ५ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।