Logo

प्रमुख समाचार

त्रिशूलीमा आएको बाढीले बगायो चरौंदीको झोलुङ्‍गे पुल



काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।

आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर क्षति पुर्‍याएको जनाएको छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १३:०४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।