Logo

प्रमुख समाचार

नेविसंघकाे तदर्थ समिति सभापतिकाे जिम्मेवारी दिए सदस्य संख्या पाँच लाख पुर्‍याउने शाहको दावी



नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीले अब नेविसंघकाे नेतृत्व आफूलाई दिनु पर्ने बताएका छन्।आज राजधानीमा आयोजना गरिएकाे एकताबद्द नेविसंघका लागि साझा अभियान कार्यक्रममा बाेल्दै पूर्व उपाध्यक्ष शाहले नेपाल विद्यार्थी संघलाई एकतावद्द बनाएर हाक्न आफू तयार भएको बताए।

उनले पार्टीले आफूलाई नेविसंघको तदर्थ समितिको सभापति बनाए नेविसंघकाे सदस्य संख्या पाँच लाख पुर्‍याउने दावी समेत गरे । नेविसंघलाई डिजिटलमा रुपान्तरण गरेर प्राइभेट क्याम्पसका विद्यार्थी सम्म पुर्‍याउने उनकाे याेजना रहेकाे छ ।

आफूले नेपाल विद्यार्थी संघलाई शैक्षिक, राजनीति र समाजिक एजेन्डामा महत्त्वपूर्ण योगदान दिएको भन्दै शाहले पार्टीले अब नेपाल विद्यार्थी संघको नेतृत्व आफूलाई दिनु पर्ने जिकिर गरे।

कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्प कुमार शाही, निवर्तमान सह महामन्त्री बद्री मुडभरी,महेश्वरी कुँवर,प्रेम राज जोशी, निवर्तमान केन्द्रिय सदस्यहरु प्रेम शाही, पदम भट्टराई, चन्द्र बिक, सिर्जना भट्ट, मदन भन्डारी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य लिला बल्भ दहाल,भरत भट्ट, गोकर्ण चन्द, लोकेन्द्र रोकाय नेपाल विद्यार्थी संघका विभिन्न जिल्ला सभापति, स्ववियु सभापति,विभिन्न क्याम्पसका इकाई सभापति सहित नेपाल विद्यार्थी संघका करिब तीन सय नेताहरूकाे सहभागिता रहेको थियो।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।