Logo

प्रमुख समाचार

संसद बैठकमै ढले भरत खड्का, अस्पताल लगियो



काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का आफू बसेकै कुर्सीबाट ढलेका छन् ।

उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।

खड्कालाई अस्पताल पठाइएको संसद भवनमा रहेका एमालेका प्रमुख सचेतक ऐन महरले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १५:३७   :  बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।