प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर भदौ लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले नागरीक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर २८ गतेदेखि लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु सहभागि हुन पाउनेछन् ।
-आवेदकले असोज ४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
-शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २ हजार ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
-आवेदन योग्य संस्थाले शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी -अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया