Logo

प्रमुख समाचार

कांग्रेसको समिक्षाः भ्रष्टाचारमा क्रान्तिकारी छलाङ



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको समीक्षा गरेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत् काँग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे टिप्पणी गर्दै काँग्रेसले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको दाबी गरेको छ ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै काँग्रेसले संविधान निर्माण गरेर, तीनै तहका निर्वाचन समेत गरि सबै सूचकांककाहरु सन्तोषजनक स्थितीमा छाडेर हिँडेको दाी गरेको छ ।

प्रधानमन्त्रीले भनेको हजारौं माईलको यात्रा पनि एउटा पाईलाबाट नै सुरु हुन्छ भनेको प्रति टिप्पणी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको १२ महिनाको १२ पाईला नै लरखराएको भन्दै हजार माईलको यात्राको सम्भावना नै कम देखिएको आरोप समेत लगाए ।

उनले अहिले समृद्धिको जग हाल्दैमा छानो खोजिएको भन्दै दिएको अभिव्यक्ति प्रति उनले सरकारले समृद्धिको जग नै बालुवाको रहेकोले पनि प्रतिपक्षी दलले सरकारलाई झक्झक्याउँदै आएको शर्माको भनाई छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।