Logo

प्रमुख समाचार

फागुन ७ गते तरुण दलले प्रजातन्त्र दिवस मनाउने, के- के गदैछ कार्यक्रम ?



नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ६९ औँ प्रजातन्त्र दिवसको अबसरमा रचनात्मक र सिर्जनात्मक कार्यक्रम आयोजना गरी भब्य रुपमा मनाउन जिल्ला समितिहरूलाई दिर्नेशन दिएको छ ।

महासचिव भुपेन्द्रजंग शाहीले आइतबार ७७ वटा जिल्लाहरूलाई परिपत्र गरेर फागुन ७ गते प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन निर्देशन दिएका हुन् ।

‘राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ साल फागुन ७ गते नेपालको इतिहाँसमा एउटा गौरव र स्वर्णिम दिन हो’, तरुण दलले भनेको छ, ‘त्यही दिनको जग बाट नै आज गणतन्त्रसम्मको परिवर्तन सम्भव भएको हो ।’

कम्युनिस्ट सरकारले दुई तिहाइको आडमा अधिनायकवादी चरित्र देखाइरहेका बेला नेपाल तरुण दलले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन भित्रभित्रै भव्य तयारी गरेको छ ।तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध केही दिन अगाडि सातै प्रदेशका राजधानीहरूमा प्रदर्शन समेत गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।