Logo

प्रमुख समाचार

सरकारले कार्यकर्ता लगाएर शर्माको गीत बन्द गराएको तरुण दलको आरोप, शर्मालाई सम्मान गर्ने



नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले कम्युनिष्ट सरकारले कार्यकर्ता लगाएर पशुपति शर्माको गीत बन्द गराएको आरोप लगाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै तरुण दलले जनप्रिय गायक शर्माको गीत ‘लुट्न सके लुट…’ बन्द गराएर सरकारले जनताको बोल्न पाउने, बिचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै घोर भ्रत्सना गरेको हो ।

तरुण दलले ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।विज्ञप्तिमा लेखिएको छ, ‘गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ । सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ ।’

तरुण दलले नागरिकले भाग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाएको उक्त गीतमा पूर्ण समर्थन रहेको जनाएको छ । साथै, तरुण दलले शर्मालाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ५ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।