Logo

समाचार

बाढीमा सम्पर्कविहीन भएपछि गृहमा तानिए रसुवाका सीडीओ परियार



काठमाडौं । गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय तानेको छ।

रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको करिब दुई महिनामै परियारलाई मन्त्रालयमा फिर्ता बोलाइएको हो।

उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ सीडीओका रूपमा पठाइएको छ।

बाढीका बेला उद्धार तथा व्यवस्थापनका लागि विभिन्न निकायबाट समन्वयको प्रयास हुँदा पनि सीडीओ परियार सम्पर्कमा नआएको भन्दै केही दिनअघि उनको सार्वजनिक रूपमा आलोचना भएको थियो।

गृह मन्त्रालयले त्यसपछि परियारलाई मन्त्रालय तानेर उनको स्थानमा पाण्डेलाई रसुवा पठाउने निर्णय गरेको हो।

 

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार २०:२५   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।