काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २१ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि ८१ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये ५५ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् भने ४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ।
अस्पतालमा उपचाररत २५ वर्षीय कुशल मगरको भने मृत्यु भएको प्रवक्ता सेढाईंले जानकारी दिए।
हाल अस्पतालमा उपचाररत २१ जनाको अवस्था र उनीहरूलाई आवश्यक उपचारबारे चिकित्सकको टोलीले निगरानी गरिरहेको अस्पतालले जनाएको छ।
















प्रतिक्रिया