काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति अर्थात् एक्विजिसन गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न गरेको छ ।
तीनवटै वित्तीय संस्थाबीच भएको प्रारम्भिक सम्झौतासँगै बैंक तथा वित्तीय क्षेत्रमा अर्को ठूलो एकीकरणको प्रक्रिया अघि बढेको हो ।
अब आवश्यक प्रक्रिया पूरा भएपछि जानकी फाइनान्स र सिन्धु विकास बैंक मुक्तिनाथ विकास बैंकमा समाहित हुनेछन् ।
यस प्राप्तिले मुक्तिनाथ विकास बैंकको व्यवसायिक आकार, शाखा सञ्जाल, ग्राहक संख्या तथा वित्तीय पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया