Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको ७ हजार ५१० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा बैंकले प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गरिने जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १०:५९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।