Logo

अर्थ

सेयर बजार २७ अंकले बढ्यो, ४ अर्ब ३६ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २,५५९ को विन्दुमा कायम भएको छ ।

आज २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मल्टीपर्पज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १५:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।