Logo

समाचार

प्रधान सेनापति सिग्देल चीन प्रस्थान



काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।

आइतबार बिहान उनी औपचारिक भ्रमणका लागि चीनको बेइजिङतर्फ प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनी बेइजिङमा आयोजना हुने १३औं बेइजिङ सियाङशन फोरममा सहभागी हुने कार्यक्रम छ। उनी असोज ३ गते काठमाडौं फर्किनेछन् ।

बेइजिङ जानुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १२:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।