काठमाडौं । नबिल बैंकले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरेबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण टिमुरेमा रहेको नबिल बैंकको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले शाखा समायोजन गरी धुन्चेबाट बैंकिङ सेवा सञ्चालन गर्न लागेको हो ।
बैंकले असोज १ देखि नै धुन्चेबाट सेवा लिन ग्राहकहरूलाई आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई असोज १ गतेदेखि धुन्चे शाखाबाट बैंकिङ सेवा लिन आग्रह गरेको छ ।















प्रतिक्रिया