Logo

अर्थ

भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक १५ हजार उपलब्ध गराउने



काठमाडौं । गत १० भदौमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । चार जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार, ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारी सहायता लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि सरकारले दिएको छ ।

सहायता वितरणका लागि आवश्यक विवरण संकलन गर्न सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले बताएका छन् । सरकारले बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन पूरा गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १५:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।