Logo

अर्थ

बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत



नुवाकोट । रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारका लागि एएचजेड एसोसिएट्स नेपाल र बंगलादेशको डा. मोस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउण्डेसन)ले संयुक्त रूपमा राहत वितरण गरेका छन्।

संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत सामग्री वितरण गरेका हुन्।

राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारीसमेत लिएको थियो। राहत अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो।

राहत व्यवस्थापन तथा प्रभावित परिवारसम्म सामग्री पुर्‍याउने कार्यमा एएचजेड एसोसिएट्स नेपालका कर्मचारी तथा स्वयंसेवक सहभागी भएका थिए।

डीएमएच फाउन्डेसनका अध्यक्ष क्याप्टेन एकेएम गोलाम किब्रियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।