Logo

समाचार

कृष्णभीरमा परीक्षणका रूपमा दुवैतर्फबाट गाडी छाडियो



काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो हटाएपछि यातायात सञ्चालनको परीक्षण सुरु गरिएको छ।

सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनको टोलीले तयार पारेको ट्र्याकबाट काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन र चितवनबाट काठमाडौं आउने एउटा भारी सवारीसाधन पार गराएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन बाँकी लेदो तथा ढुंगा हटाउने र सडक सम्याउने काम जारी छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार २०:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।