काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षलाई सहभागी हुन स्वागत गर्ने निर्णय गरेको छ।
पार्टीको कार्यसम्पादन समिति बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा भूमिका निर्वाह गर्न चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो।
बैठकले विशेषगरी देउवा पक्षबाट महाधिवेशनमा सहभागी हुने केन्द्रीय सदस्यलाई उनीहरूकै हैसियतमा स्वागत गर्दै जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।
बैठकले १५औँ महाधिवेशनको औपचारिक उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा गर्ने निर्णय गरेको छ।
यसैबीच, बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा अधिवेशनसँग सम्बन्धित देखिएका समस्याको समाधानका लागि सम्बन्धित जिल्लाका सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वबीच छलफल गर्ने निर्णय भएको छ। छलफलबाट आवश्यक निकास निकालिने कांग्रेसले जनाएको छ।















प्रतिक्रिया