Logo

समाचार

रुकुम पश्चिम जिप दुर्घटना : २ जनाको मृत्यु, ४ गम्भीर घाइते हेलिकप्टरबाट सुर्खेत लगियो



काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृतकमा त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १६ वर्षीया प्रेमकला पुन रहेका छन्।

गम्भीर घाइते ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।