Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ८९, रातोबत्तीमा ९० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा ३४, लेन क्रसमा २३, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ४९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार ०९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।