Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीहरुलाई दिने लाभांश घाेषणा गरेकाे छ ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनाफाटाट हाल कायम चुक्तापुँजीको ३० प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।

यो लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो असोज २२ गते ३२औँ वार्षिक साधारणसभा बाेलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार ११:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।