Logo

अर्थ

सेयर बजारमा हरियाली, ८ अर्ब २९ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेको छ । अर्थले सोमबार पूँजी बजार सुदृढीकरण तथा पुनः उत्थान कार्ययोजना सार्वजनिक गरेको थियो ।

नेप्से परिसूचक ४८.५७ अंकले बढेर २,६३३ को बिन्दुमा बन्द भएको हो ।

आज २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब २९ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानकिर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १५:१९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।