काठमाडौं । नायक सञ्जय खतिवडाले विवाह गर्ने प्रलोभन देखाएर काठमाडौंमा व्यवसाय गर्दै आएकी एक युवतीबाट २२ लाख रुपैयाँ ठगी गरेको आरोप सार्वजनिक भएको छ। खतिवडाविरुद्ध ती महिलाले प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढिरहेको बताइएको छ।
प्रहरी अनुसन्धानका क्रममा खतिवडाले ती युवतीसँग करिब दुई वर्षदेखि चिनजान बढाएर विवाह गर्ने प्रस्ताव राखेको र आफू फिल्म क्षेत्रमा संलग्न रहेको भन्दै विभिन्न विवरण सुनाउने गरेको खुलेको आरोप छ।
युवतीका अनुसार खतिवडाले आफूले फिल्म क्षेत्रमा पीएचडी गरेको दाबी गरेका थिए । उनले मुस्ताङमा हाइड्रोपावर तथा बूढानीलकण्ठमा होटलमा लगानी रहेको बताएका थिए। यही विश्वासमा परेकी युवतीबाट उनले दुई दिनभित्र फिर्ता गर्ने भन्दै २२ लाख रुपैयाँ नगद लिएको आरोप छ। रकम लिएको तीन महिना बितिसक्दा पनि फिर्ता नगरेको युवतीको दाबी छ।
आफू विवाहित हुँदाहुँदै अविवाहित युवतीलाई विवाहको प्रस्ताव राखेर विश्वासमा पारेको आरोप लागेको छ।
खतिवडाविरुद्ध अन्य दुई जना पीडित महिलाले ६४ लाख ठगेको कसुरमा जाहेरी दर्ता गराएका थिए। अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई भदौ ८ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
नेपाली मूलकी एक जना बेलायती महिलासँग ४२ लाख रकम लिएर डम्बर सम्पर्क विहीन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पीडित महिलाले युकेबाट इमेलमार्फत प्रहरीमा जाहेरी पठाएकी हुन् ।
त्यसैगरी, आफूलाई दक्षिण कोरियाको राजदूत बनाउनुपर्ने र त्यसका लागि सभामुख डीपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ दिनुपर्ने भन्दै खतिवडाले युवतीसँग रकम मागेको आरोप छ।
खतिवडाविरुद्ध ५४ लाख, २२ लाख, ३० लाख र ५० लाख रुपैयाँ ठगी गरेको दाबी गर्दै विभिन्न जाहेरवालाले प्रहरीमा उजुरी दिएका छन्। ती उजुरीका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
ती महिलासहित दर्जनाैं महिलालाइ ठगेकाे प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएकाे छ ।















प्रतिक्रिया