Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२÷८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण पारित गर्ने कार्यसूची रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ देखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।