Logo

प्रमुख समाचार

आमालाई ६ महिना र बुबालाई ४२ दिन सुत्केरी बिदा प्रस्ताव



काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।

उनले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन मस्यौदा बनिसकेको छ । मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सालमा बनेक‍ो ऐन हो ।

यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी ९८ दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने, सुत्केरी स्याहारको लागि १५ दिनसम्मको बिदा बाबुले पाउने व्यवस्था ऐनमा छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।