Logo

अर्थ

कुमारी बैंकको लाभांश घोषणा



काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनफाबाट कायम चुक्ता पुँजीको २.१०३ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँकाे २.१०३ प्रतिशत अर्थात करिब ५५ करोड २१ लाख ४१ हजार रूपैयाँ शेयरधनीहरुलाई वितरण गर्ने छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ११:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।